बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेला मा चढेको भेटी गनिएको छ । भेटीमध्ये कागजको सबै रुपैयाँ सोमबारसम्म गनिएको स्थानीय बिजय स्वर्णकारले बताए । एक साता लगाएर सो रकम गनिएको हो ।
यसरी गनिएको रकम १६ लाख ७० हजार आठसय ६० रुपैयाँ रहेको छ । यसको ४५ प्रतिशत रकम पुजारीलाई दिइएको छ । सात लाख ५१ हजार रुपैयाँ पुजारीलाई दिइएको हो । मंगल चौधरीले सो रकम बुझेर लगेको उनले जनाए । ११ वटा दान पेटीका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ यसरी गनिएको हो । अझ गढीमाईमा चढेको सिक्का भने गनिएको छैन । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का एक लाख भन्दा बढी हुन सक्ने स्वर्णकारले अनुमान गरे । भेटी गन्दा सिसिटिभि क्यामराको समेत प्रयोग गर्नु परेको थियो । पूजारीबाहेक रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ ।
यसैविच मंसिर १ गतेदेखी लागेको पञ्चवर्षीय गढीमाई मेला सोमबार सम्पन्न भएको छ । एक महिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान छ ।
Our Official Facebook Page: Gadhimai Nepal