गढीमाई बली :- मेलामा हुने पशु बलि को तस्बिर

चार करोड पचास लाख टर्कीप्रति श्रद्धाञ्जली !!
खोइ त यहाँ टर्की नखा भन्ने माइका लाल कोही भेटिएनन्।
म्याक डोनाल्डले एक दिनमा खपत गर्ने पन्ध्र लाख किलो गाइको मासुको कारोबार बन्द गर भन्ने कोही छैनन्।
तिनलाई गढीमाई बली मात्र किन दुख्छ।, वार्षिक एक दशमलव एक्काइस ट्रिलियन डलरको मासुको बजार किन दुख्दैन?
चीनले वार्षिक उत्पादन गर्ने पाँच करोड चालिस लाख मेट्रिक टन पोर्क (सुँगुर) कसले खान्छ ?

ठास्नीहरुलाई विश्वको मासु बजार दुख्दैन, गढीमाई दुख्छ।
किनकि त्यो हिन्दूको शक्तिपीठ हो।

किनकि गढीमाईमा नेपालका थारु र भारतका राजपुतले गर्ने आराधना जोडिन्छ। किनकि गढीमाईले तीन सय वर्षदेखिको आस्था बोल्छ। किनकि गढीमाईले संस्कृति बोल्छ।

पशुको प्राण लिएर ईश्वर हाँस्दैनन् भन्ने थाहा नभएर गढीमाई जन्मिएको हो र ? होइन। पशु हलाल गरेर इस्लामले मोहम्मद खुसी पार्ने हो र ? होइन। देउताले मासु खाने हो र ? होइन
त्यो त रीत मात्र हो। रीत देख्ने तर विश्वको माशुजन्य बजार चाँहि नदेख्ने ? मासुको अर्थतन्त्र नदेख्ने ?

लु अब बाख्रापादन बन्द गर भन। बंगुरपालन बन्द गर भन। गोरुलाई पीडा हुन्छ दाई नगर, खेत नजोत भन झ्याक्नी हो।

कुनदिन झ्याक्नेहरुले कुलायन पूजा वा दिवाली पूजामा पनि “लू कालो बोको नकाट!” भन्न बेर छैन। तपाई आफैंले जानी बुझी सम्झेर बली रोक्नुभयो, नरिवलले काम चलाउनुभयो, लौका गिंड्नुभयो भने साधुवाद तर कोही बाहिरिया आएर बली यस्तो, तेरो धर्म उस्तो भन्न थाले भने तिनकै बली दिएर रीत पूरा गर्नु। गर्धन देवीलाई चढाउनु, शरीर खोलामा बगाएर अपसभ्य गर्नु।

गढीमाई कुनै चर्च होइन न कुनै मस्जिद हो। गढीमाई घोप्टो परेर प्रार्थना गर्ने थलो पनि होइन। गडीमाई अहिले सार्वजनिक भइरहेका चर्च जस्ता दुराचारका अखडा होइन। गढीमाई पातकी र बापतीहरुको विलासको थलो होइन। गढीमाई हिन्दूहरुको शक्तिपीठ हो जहाँ शक्तिको आराधना गरिन्छ रीतले।

हिन्दूले गणेशलाई लड्डू चढाउँछन् र दुर्गालाई बली दिन्छन्। हिन्दूले महादेवलाई बेल चढाउँछन् र ब्रम्हालाई पत्रमपुष्पम्।

पशुप्रति उपद्रो माया हुनेले विश्व अर्थतन्त्रको मासुबजार रोक्न बोले हुन्छ, एकाध हजार राँगाबोकामा नरोए हुन्छ। धेरै रोइकराई नगरे हुन्छ। रोइकराई गर्नेलाई पनि गढीमाई बली दिए हुन्छ।

Our Official Facebook Page:- GADHIMAI NEPAL

One thought on “गढीमाई बली नै किन खलबली। विश्वको चलखेली”
  1. अन्धाबिस्वास लाई आस्था को नाम दिने महामुर्ख, जो जो मासु ब्यापारको उल्लेख गरिएको छ त्यस बाट पशुपालन को ब्यबसाय र अराबौलाइ रोजगार देखि मनुष्यको खाद्यन्न चक्रलाई पुरा गरिएको छ। तर धर्म र आस्था को नाममा गरिएको बली केवल केवल मुर्खता को प्रदर्शन बाहेक केही होइन।

Comments are closed.