पाँच-पाँच बर्षको अन्तरालमा लाग्ने गढीमाई मेला को आज मुख्य दिन हो । दिव्ज्योती प्रज्ज्वलन र ब्रह्म बाबाको पूजा भएपछी सबै खुकुरी र खडेया धारीहरुले रगतले आफ्नो हतियार रंग्ने छन्। आज भैसा र पाँडा (राँगा) बली दिईदै छ भने भोली बोका एवं परेवा बली हुने छ । मेलामा हजारौ रांगाहरु देखिन्छन । लाखौ श्रद्धालुहरुको भीडले मेला खचाखच भरिएको छ । यस बर्ष २५ लाख श्रद्धालुहरुले यो मेला हेर्न आउने आयोजक समितिको अनुमान छ । स्थानीय हरुमा यस मेलाको निकै उमंग र उत्साह चढेको देख्न पाईन्छ ।
गढीमाई को एउटा विशिष्टता के छ भने अन्यत्र कमै देखिने थारु र मुसहर जातीका यस मन्दिरका पुजारी छन् । त्यस्तै अर्को रोचक पक्ष के छ भने त्यहाँ पाडा बलिमा चढाइन्छ, पाडी होइन । हिन्दु हरु ले आर्थिक रुपमा पाडा पालन गाह्रो र घाटा हुने हुंदा बलि प्रथा मार्फत धर्मको नाम मा कर्म गरेका हुन् ।
हुन त कतिपयले यस मेलालाई विश्वकै सर्बाधिक पशु बली दिने मेला भन्छन र यस्तो बली रोक्न बिरोध पनि भईरहन्छ । तर एकै दिन सर्बाधिक पशु बली हुने चाही ‘थेङ्क्स गिभिंग’ र ‘बकर ईद’ पछि मात्र यो मेला हो भन्नेहरु पनि छन् । तर जे होस्, एकै स्थलमा सर्बाधिक पशुबली दिने भने यहि मेला हुनु पर्छ । गत वर्ष १८ हजार रागा बलि दिइएको मेला व्यवस्थापन समितिले जनाएको छ । भारतबाट रागा ल्याउन अत्यन्त कडाइ गरेपछि यस वर्ष मेलामा झन्डै नौ हजार रा“गामात्र बलि दिइने अनुमान गरिएको छ ।
पशुहरुको निर्मम बध र पशु एवं जनस्वास्थ्यमा आउन सक्ने खतरा यस मेला को नकारात्मक पक्षमा लिईने गरीन्छ । स्थानीयहरू र भक्तालुहरुको भावनामा ठेस नपुर्याइकन मात्र यस्तो पशु बध कम गर्न/गराउन तर्फ पहल गर्नु पर्दछ ।
गढ़िमाई को दर्शनले आफुले चिताएको पुरा हुने जनमानसको बिश्वास रही आएको छ | गढ़िमाई ले हामी सबैको कल्याण गरुन ।
- गढीमाई मेला घुम्न आइन सबैभन्दा बृद्ध महिला
- गढीमाई मन्दिर; उड्ययन मंत्रीको ध्यानमा। पर्यटन वर्ष २०२० को लागि महत्वपुर्ण ।
Our Official Facebook page:- GADHIMAI NEPAL