गढीमाई मेला मा रहेको झुला

गढीमाई मेला , बरियारपुर, बारा । नेपाल सोनार समाज सेवा समिति को केन्द्रीय कार्यलय ललितपुर र नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ ले गढीमाई मेला मा निशुल्क भोजन र बाँसको व्यवस्थापन गरिएको जनाएको छ।

बाराका सोनार समाज र सुनचाँदी व्यवसायको व्यवस्थापनमा यही मंसिर १५ र १६ गते निशुल्क भोजन तथा बाँसको व्यवस्थापन गर्न लागिएको हो ।

समाजले आयोजना गरेको धार्मिक कार्यमा सहयोग गर्न आग्रह समेत गरिएको छ । हरेक पाँचबर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेलामा भक्तजहरुको सेवालाई मध्यनजर गर्दै निशुल्क भोजन भण्डारा र बाँसको व्यवस्थापन मिलाईएको समाजका राष्ट्रिय उपाध्यक्ष शिव कुमार सर्राफले बताए ।

मेलामा दर्शन तथा भाकल गर्न आउँने स्वजातिय, स्वधार्मिक सहित अन्य समुदायका व्यक्तिहरुलाई समेत नि:शुल्क रुपमा भोजन, खानपीन, बसोबास तथा संस्थाले उपलब्ध गराउँने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । गढीमाई मेलालाई दक्षिण एसियाकै एक ठुलो मेलाको रुपमा लिने गरीन्छ ।

मेलामा करोडौं दर्शनार्थीहरु देश तथा विदेशबाट पूजा तथा भाकल गर्न आउने गर्दछन् । सुनचाँदी व्यवसायीहरुले आफ्नो सामाजिक कार्यलाई समेत अघि बढाउनुपर्छ भन्ने उद्देश्यले निशुल्क भोजन तथा बसोवासको व्यवस्था गरिएको उपाध्यक्ष सर्राफले बताए । उनले भने यसलाई सफल बनाउँन स्वजातियले सक्दो सहयोग गर्नुपर्छ ।

Our Official Facebook page:- GADHIMAI NEPAL