गढीमाई मेला

गढीमाई मेला बली मात्र हैन, यस्लाई बलीको दृष्टिले मात्र नहेरिदिनुस, मेलाका कयौं अर्का पक्ष पनी छन् जस्का बारेमा न धेरै बोलिन्छ, न चर्चा गरिन्छ र न धेरै लेखिन्छ नै।

आज इन्टरनेटमा गढीमाई लेखेर खोजे केवल बली नै भेट्नु हुन्छ, न कहीं ईतिहासको कुरा भेट्छ, न गढीमाईको महिमाको कथा भेट्छ, न गढीमाई मन्दिर र मेलाले हाम्रो समाजलाई सुदृढ गरेर राखेको कुराको बारेमा चर्चा भेट्छ ।

जे मागे पनी पूर्ण गर्ने गढीमाई मन्दिर सञ्चारमाध्यम (विशेषगरी अन्तर्राष्ट्रिय)हरुले रगत की देवीका रुपमा चित्रण गर्ने गरेका छन्, जुन हरेक हिसाबले गलत हो ।

बली राम्रो की नरामो यो विवाद आफ्नो ठाउँमा छ, तर बली मात्रको कारण हाम्रो सबै भन्दा ठुलो आस्थाको पर्वहरु मध्ये एकलाई बद्नाम नगरिदिनुस, मेलाको मौलिकता भनेको बली मात्र हैन, मेलाका अन्य पक्षका बारेमा पनी चर्चा गरौँ, लेखौं र बोलौं ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दुवै संग अनुरोध, गढीमाईको सबै पक्षलाई महत्व दिनुहोस, माताको महानता, माता माथी लाखौँ व्यक्तिको बिस्वासको कारण र सदियौं देखि चल्दै आएको परम्परालाई पनी स्थान दिनुहोस ।

जय गढीमाई!

Our Official Facebook page:- GADHIMAI NEPAL