बरियारपुर, बारा_ पशु बली दिइने गढीमाई मेला का रुपमा परिचित बाराको गढीमाई मेलामा आउने भक्तजनहरुकाे भीड बढ्न थालेको छ।
पाँच वर्षमा एक पटक लाग्ने मेलामा बिहानदेखि बेलुकासम्म दर्शनार्थी भक्तजनहरुको घुइँचो लागेको छ। मंसिर १ गतेबाट सुरु भएको मेला एकमहिना सम्म चल्नेछ।
मङ्सिर १३ गते, शुक्रबार बिहान ७ बजेको गढीमाई मेला को केही footage
बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर पूर्वमा पर्ने महागढीमाइ नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित मेलामा नेपाल तथा भारतका विभिन्न राज्यबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने थालेको गढीमाई मेला समितिले जनाएको छ।

बलीको दिन अत्याधिक भीडका कारण दर्शन गर्न गाह्रो हुने भएकोले छिटाे दर्शन गर्न आएको वीरगञ्ज मुर्लीकी भाग्यमनी देवीले बताइन्। अहिले भीड कम भएकोले मन्दिरसम्म पुग्न सजिलो भएको उनले बताइन्।
यसवर्ष मेलामा ७० लाखभन्दा बढी दर्शनार्थीहरु मेला घुम्न आउने आयोजक समितिको दावी छ।
मेला व्यवस्थापनका लागि ७२ सदस्यीय मुल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै पाँच सय शौचालय र एक सयभन्दा बढी चापाकलको व्यवस्था गरिएको यादवले बताए।
मेलाको सुरक्षा, सडक व्यवस्थापन, दर्शनार्थीहरुको रात्रीबासका लागि धर्मशाला, नि:शुल्क टेन्ट लगायतको व्यवस्था गरिएको गढीमाई पञ्चवर्षीय मेला मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहले बताए।
गढीमाई मेला मा मंसिर १७ गते मंगलबार र १८ गते बुधबार पशुबली दिइने छ। १७ गते राँगाकाे र १८ गते बोकाको बली दिने कार्यक्रम रहेको गढीमाई पूजारी मंगल चौधरी जानकारी दिए। मेलामा पशु बली दिदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

गढीमाई मेलामा नेपालको विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतको बिहार, उत्तर प्रदेश र मध्य प्रदेश, बंगाल, पंजाब, हरियाणा लगायतका राज्यबाट आएका भक्तजनहरुले ठूलो संख्यामा राँगा, बोका, हाँस लगायतको बली दिने गरेका छन्।
मेला मा विभिन्न मनोरञ्जन का सामाग्री पनि आएका छन्। जस्तै सर्कस, चिडीखाना, मृत्यु को ईनार (मौत का कुवा), गोलो झुला, डुङ्गा वाला झुला, वैष्णव गुफा, आदि।

Our Official Facebook page:- GADHIMAi NEPAL
??जय गढ़ी माता जी??