वीरगंज । बाराको गढीमाई मेला एक महिनासम्म चल्ने मेला पशुबलीकै कारण विश्वप्रसिद्ध छ । एक साता देखि गढीमाई मेला सुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा यो मेला लाग्ने गर्दछ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली हो । विभिन्न मनोकामना पुरा गर्न यो मन्दिरमा बली दिइन्छ । निकै भिड रहने यो गढीमाई मन्दिरमा मेला सुरु हुनु दुई साता अघि देखि नै मेलाभर्न आउने गर्छन ।
जव जव गढीमाई बली सुरु हुन्छ हिन्दु धर्म नमान्ने अन्य सम्प्रदायका ब्यक्तिहरुले यसको विरोध गर्दछन् । पशुबली नदिन भन्दै विभिन्न अभियान सुरु हुन्छ । विभिन्न संघसंगठनले पशुवली नदिनु भन्दै वारामै पुगेर अभियान समेत सञ्चालन गर्छन । तर वर्षौ देखि चलिआएको यो परम्परा भने रोकिएको छैन । त्यसरी अभियान सञ्चालन गर्नेहरुलाई हिन्दु धर्म माथि भएको हस्तक्षेप भन्दै केहीले ब्याख्या गर्ने गरेका छन् । बौद्ध धर्म वाहेकका अन्य धर्ममा बलि दिइने संस्कार भए पनि हिन्दु धर्म माथि हस्तक्षेप गर्नका लागि यो प्रथाको विरोध गरिएको भन्दै ब्याख्या गर्ने गरिएको छ ।
यो वर्ष पनि गढीमाई मेला सुरु भएपछि त्यस विरुद्धको अभियानका लागि केही ब्यक्ति बारा पुगेका छन् । तर पशुबली विरुद्ध अभियान गरेकाहरु नै होटलमा मासु खाँदै गरेको अवस्थामा फेला परेपछि उनीहरुलाई स्थानियले लखेटेको छन् । होटलमा मासु भात खाँदै गरेका बेलामा पुगेका केही स्थानियले त्यसको भिडियो समेत खिचेका छन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्थानियले उनीहरुलाई लखेटेको पनि देखिन्छ । होटलवाट लखेट्दै बाहिर निकाले ति अभियन्ताहरु माथि आ क्रमणको प्रयास गरिन्छ । त्यहाँ सुरक्षामा रहेका एक जना सुरक्षाकर्मीलाई अभियन्ताहरुलाई आक्रमणवाट जोगाउन हम्मे हम्मे परेको भिडियोमा देख्न सकिन्छ ।
बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट्याएको छ । देशविदेशबाट लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु आउने यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । सोमवारदेखि सुरु यो मेलामा मंसिर १७ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।
- गढीमाई मेला सफल पार्न सबै स्थानीय तह एक
- गढीमाई मन्दिर को आम्दानी तीन दिनमै एक करोड भन्दा बढी।
- भारतबाट गढीमाई मेलामा आउँदा गाडी भन्सार नलाग्ने। SHARE गर्नुहोस।
Our Official Facebook page:- Gadhimai Nepal