गढीमाई मन्दिर को पुर्बी गेट

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले गरेको कार्य

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले खुल्ला गरेको आजीवन सदस्यताको शुल्कबाट विश्व प्रसिद्ध गढीमाई मन्दिरको आम्दानी तीन दिन मै एक करोड भन्दा बढी पुगेको थियो ।

गढीमाई मन्दिर मा कसरि आयो त्यति रकम ?

गढीमाई मन्दिर संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहले तीन दिनको अन्तरालमा आजीवन सदस्यता शुल्कबाट मन्दिरको आम्दानी एक करोड भन्दा बढी पुगेको जनाएका थिए ।
चार हजार भन्दा बढी मानिसले गढीमाई मन्दिर संचालन तथा व्यवस्थापन समितिको आजीवन सदस्यता लिएको उनले जनाएका थिए। प्रत्येक ब्यक्तिकोलागी दूई हजार पाँच सय आजीवन सदस्यता शुल्क रहेको अध्यक्ष साहले बताएका थिए ।

के हुन्छ त्यति रकम ?

सदस्यता शुल्कबाट जम्मा भएको रकमले गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले ब्यक्त गरेएका थिए । राज्य पक्षबाट मन्दिरको विकासमा सहयोग नगरिएको अवस्थाले यस क्षेत्रमा आवश्यक पूर्वाधार नभएको नगरप्रमुख यादवले बताएका थिए । पूर्वाधार अभावले गढीमाईको दर्शन गर्न आउने भक्तजनहरु यहाँ बस्न नसक्ने अवस्था रहेको उनको भनाई थियो। अब नगरपालिकाले मन्दिर संचालन तथा विकास समितीसँग मिलेर कमी रहेको भौतिक पूर्वाधार निर्माण कार्यमा लाग्नेछ उनले भनेका थिए ।

किन गरियो सदस्यता र आम्दानीका अरु स्रोत के हुन् ?

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा आफनो बर्चस्व देखाउनको लागि विभिन्न पार्टी सँग आबद्ध भएका व्यक्तिहरुले समितिको आजीवन सदस्यता रसिद कटाएका हुन् । यसले मन्दिरको आम्दानी तथा बिकास कोष बढन पुगेको स्थानीयहरुले बताएका छन। पाँच वर्ष पछि लाग्ने यो मेला बली दिने हिसाबले एकै ठाउँमा विश्वमा सबैभन्दा बढी पशु बली यहाँ दिइन्छ । विश्व प्रसिद्ध गढीमाई मेलामा मनोरन्जन, जग्गा व्यवस्थापन, पशुबली व्यवस्थान, लगायतको शिर्षकमा करोडौ रुपैयाँ आम्दानी हुदै आएको छ।

मेलामा केहि बिबादका कुराहरु…

पाँच वर्षीय गढीमाईको मेलाबाट हुने आम्दानीमा अनियमितता हुदै गरेको आरोप लाग्ने गरेको छ । यसैकारणले स्थानीय र मन्दिर संचालक समिति बीच पटक पटक विवाद हुने गरेको छ ।
हाल रहेको समितिको वैशाखमा म्याद सकिन्छ । समितिको पदाधिकारीको लागि अर्को अधिवेशन हुने भएकोले धेरै संख्यामा स्थानीयहरुले आजीवन सदस्यता लिन पुगेको समितिका अध्यक्ष साहले बताए । पहिला देखि समितिमा आठ सयको हाराहारीमा सदस्यहरु रहेका थिए । अहिले त्यो बढेर एकै चोटी लगभग पाँच हजारको संख्यामा पुगेको साहको कथन छ।