गढीमाई Mela Crowd

बरियारपुर बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई – १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ।मेला मंसिर महिनाभरी चल्नेछ ।लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो।

मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्नेछ।पशुबलीको तयारी गरेको छ।पशुबलीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलीको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ। मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइरहेको अन्नपूर्णलाई जानकारी दिए।

‘मेला सुरु भएपछि भक्तजनको संख्या बढ्दै जाने गरेको छ। हामी अझै पनि तयारीमै छौँ’ कुशवाहाले भने ‘अघिल्लो मेलाभन्दा थप व्यवस्थित बनाउने तयारीमा जुटिरहेका छौ ।’ एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने कुशवाहाको अनुमान छ।

हाम्रो आधिकारिक फेसबुक पेज: Gadhimai Nepal