गढीमाई बली :- मेलामा हुने पशु बलि को तस्बिर

गढीमाई मन्दिर नेपालको दक्षिणी तराई क्षेत्रमा रहेको हिन्दू मन्दिर हो। यो प्रदेश नम्बर – २ अथवा नारायणी अञ्चलको बारा जिल्लाको माहा गढीमाई नगरपालिकामा पर्ने बरियारपुर गाउँमा पर्दछ। यो मन्दिर तराई भागमा, छिमेकी क्षेत्रका केही पहाडी भागमा र भारतको उत्तरी भागमा धेरै प्रख्यात छ। यो मन्दिर देवीको शक्तिमा विश्वासको लागि, गढीमाई मेलामा हुने पशु बलि र पाँच बर्षिय गढीमाई उत्सव वा गढीमाई मेलको लागि प्रख्यात छ। यो मन्दिर अन्तरराष्ट्रिय मंचमा सबैभन्दा ठूलो पशु बलिको लागि पनि प्रसिद्ध छ जुन Gadhimai Sacrifice को रूपमा चिनिन्छ।

एक महिना लामो गढीमाई उत्सवमा लाखौं श्रद्धालुहरू आउँने गर्छन र लाखौं जनावरहरू केवल दुई दिनभित्र गढीमाई बलिदानको नाममा बलिदान गरिन्छ।

रामचन्द्र साह गढीमाई मन्दिर संचालन तथा विकास समितिको पुनः निर्वाचित अध्यक्ष हुन्। उनले एक रेडियो च्यानल आकाश एफएमको एक अन्तरबार्तामा भाग लिएका थिए। उनले राजनीतिक उथलपुथलका कारण श्री गढीमाई मेला 2076 को शोभा यात्रा अपेक्षित रुपमा सञ्चालन हुन नसकेको बताउनु भयो।

गढीमाई मन्दिर संचालन तथा बिकास समितिको अध्यक्ष रामचन्द्र साह ज्यु को अन्तर्वार्ता
गढीमाई मन्दिर संचालन तथा बिकास समितिको अध्यक्ष रामचन्द्र साह ज्यु को अन्तर्वार्ता

जिल्ला प्रशासन कार्यालय बारामा शोभा यात्रा सम्बन्धी भएको सम्झौतामा नगरपालिकाले सहमति नगरेकोले समस्या भएको उनले बताए। कार्यक्रममा बोल्दै अध्यक्ष साहले भने कि समितिले गढीमाई पंचवर्षीय मेलालाई ऐतिहासिक बनाउन अथक प्रयास गरिरहेको छ। उहाँले नेपालको गौरवको रुपमा रहेको गढीमाई पंचवर्षीय मेलालाई नगरपालिकाका मेयरले वडामा मात्र सिमित गर्न खोजेको आरोप लगाउनुभयो।

अध्यक्ष साहले दाबी गरे कि माननीय अदालतले समितिलाई अधिकार दिएकोले समितिले नै मेला लगाउछ। उहाँले मेयरले अनावश्यक रुपमा विवाद सृजना गर्न अर्को नंया “गढीमाई मेला तथा संचालन समिति” नामक मेला समिती गठन गरेको भन्दै त्यसलाई खारेज नगरे सम्म आफ्नो समिति कुनै पनि गतिविधिमा सहभागि नहुने बताउनुभयो। साहले गढीमाई मन्दिर संचाल्न तथा बिकाश समितीले डेढ () बिघा जग्गा खरिद गरि बली दिने रंगशाला निर्माण गरिएको र ६ कट्ठा जग्गा खरिद गरि बिवाह मण्डपको निर्माण कार्य गर्न लागिएको बताउनुभयो ।साहले गढीमाई मन्दिर परिसरमा रहेको सामुदायिक बिद्यालयलाई शिक्षा योग्य शान्त बाताबरनको लागि अन्यत्र सार्न ७० लाख लागतमा जग्गा खरिद गरिएको बताउनुभयो।

उनले भने कि कुनै पनि हालतमा गढीमाई मेलामा हुने बलिदान रोकिने छैन। बलिदान रोक्न देशी र विदेशी शक्तिहरुले धेरै प्रयास गरे पनि यो सफल भएन। र भविष्यमा पनि सफल नहुने बताउनुभयो।

अध्यक्ष साहका अनुसार मेलालाई भव्य र सुव्यवस्थित बनाउन नि: शुल्क खाना, बस्ने र शौचालयको व्यवस्था गरिएको छ।

उनले केन्द्र सरकारबाट राजधानीबाहिर तराई क्षेत्रमा गढीमाई मन्दिर भएकोले विभेद भएको बताउनुभयो। उनले भने कि गढीमाई मन्दिरको विकासका लागि राज्य सरकारसँग विशेष सहयोगको अपेक्षा गरिएको छ। उनले भने कि गढीमाई मन्दिरलाई विश्व सम्पदामा सूचीबद्ध गर्नु आवश्यक छ।

त्यहाँ व्यापारी र व्यवसायीहरुलाई उनीहरुको व्यापारको लागि गढीमाई मेलामा जग्गा बेच्ने चलन छ। साहले भने कि समितिको गठन पछि जमिनको मूल्य तोकिनेछ। उनले वरपरका गाउँ नगरका बासिन्दाहरूलाई मेलालाई सफल बनाउनका लागि आग्रह गरे। उनले देश, विदेश तथा संसार भरका भक्तहरू तथा पर्यटकहरुलाई गढीमाईको मेलाको प्रतिष्ठा जोगाउन उनीहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे। उनले स्थानीय जनता र जनतालाई मेला भव्य र ऐतिहासिक बनाउन सहयोग गर्न आग्रह गरे।